लकडाउनको दुई महिना पुग्दा नपुग्दै कोरोनाको महामारी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै फैलियो । झापाको एउटा सीमामा रहेको गाउँमा त्यस भेगको सबैभन्दा बढी संक्रमितको संख्या छ । भर्खरै कन्चनपुरबाट अर्को नाका खुल्यो । यसबाट कतिजना आउने हुन् अनुमान गर्न पनि नसकिने अवस्था छ । पहाडभन्दा तारई क्षेत्र यतिबेला सबैभन्दा जोखिममा रहेको पाइयोे । भारततर्फका श्रमिकहरू आफ्नो देश फर्कन खोजे । यो समस्या नेपालको मात्रै होइन । भारतमा पनि एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने क्रम तीव्र नै छ । त्यसलाई कसैले रोक्न सकेको अवस्था छैन । त्यस्तोमा नेपालीहरू आफ्नो देश आए भनेर अन्यथा ठान्ने अवस्था पनि हुँदैन । आफ्ना नागरिकहरू जुनसुकै बेला आफ्नो देशमा आउँछन् नै, खाँचो हो उचित व्यवस्थापनको । सवाल हो, त्यस्तो व्यवस्थापन भयो कि भएन ।
भारतमा रेलमार्गमार्फत श्रमिकहरूलाई आफ्नो घर पठाउने अभियान सुरु भएपछि खासगरी पश्चिमी भागमा त्यस्ता नागरिकको भेल नै आयो । नेपालको व्यवस्थापनलाई यसले अप्ठ्यारो पारेको होला तर यो अस्वाभाविकचाहिँ होइन । भारतकै एउटा प्रदेशको नागरिक अर्को प्रदेशमा टिक्न सकेको नदेखिएको अवस्थामा त्यो ठाउँमा नेपाली कसरी गुजारा गरिरहेको होला भन्ने अनुमान गरेर त्यसको व्यवस्थापन गर्नुपर्ने थियो । त्यसो भएन र यतिबेला भन्न थालिएको छ, सम्हाल्नै कठिन हुने अवस्था आयो । संसारभरीमा नै नेपालमा कोरोना ढिलो गरी आएको थियो । यो भनेको तयारीको मौका हो तर मौका गुमाइएको जस्तो देखियो समग्र मुलुकमै र त्यही कुरा पश्चिमी क्षेत्रमा दोहोरिएको अवस्था छ ।
खासगरी पश्चिममा एक दिनमा दुईदेखि पाँच हजारका दरले मानिसहरू आइरहेका छन् । त्यसलाई सरकराले पहिले बलपूर्वक रोकेर संकट खडा गरको थियो । पहिले नै आएका मान्छेलाई आफ्नो देशमा प्रवेश गराएर देशभित्र नै जे गर्नुपर्ने हो सो गर्नुपर्ने थियो । तर, त्यस्तो भएन । कतिसम्म भने आफैँले बनाएको बनाएको कार्यतालिकाअनुसारको काम नहुँदा पनि वास्ता गरिएन । जस्तो क्वारेन्टाइन व्यवस्थापन गर्न बनाइएको मापदण्डको प्रस्तावनामा शंकास्पद व्यक्तिलाई कम्तीमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राखी समाजलाई सुरक्षित राख्न मापदण्ड तयार गरिएको छ । सरकारसँग नै सोधौं यसको पालना भएको छ त ? अपवादमा त्यस्तो पालना नभएको हुनुपर्नेमा पालना भएको चाहिँ अपवादमा परेको अवस्था छ ।
यतिखेर विभिन्न रिपोर्टमा आइरहेका छन्, समजलाई सुरक्षा दिने भनिएका क्वारेन्टाइन नै संक्रमण विस्तारका प्रमुख कारक बन्दै छ । त्यसको उदाहरण कायम भैसकेको छ । सरकारले पनि यस्ता रिपोर्ट हेरे हुन्छ । समाचारमा भनिएको छ, नेपालमा अहिलेसम्मकै धेरै संक्रमित भएको बाँकेको नरैनापुर गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै प्रधानमन्त्री कार्यालयलाई बोधार्थ पठायो, स्थिति नियन्त्रणबाहिर जानेजस्तो देखियो । गाउँपालिकाले नै भनेको छ क्वारेन्टाइनबाट समुदायमा संक्रमण फैलिने खतरा देखियो । पत्र लेखिँदा यो गाउँपालिकामा आठ सय जना क्वारेन्टाइनमा थिए । गाउँपालिकाका प्रशासकीय अधिकृत नै स्थिति डरलाग्दो रहेको बताइरहेका छन् । यो विवरण लकडाउनको दुई महिना नाघेको हप्ताको एक दिनको हो । यसले नै बताउँछ कि संक्रमण विस्तारको कुनै अनुमान नै भएन ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ५५ करोड बराबरको अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ
- ‘अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनुपर्छ’
- कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि
- विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
- नयाँ स्टक एक्सचेन्ज र पुँजीबजार
- राजनीतिकोे उतारचढावमा सेयरबजार
- कोही जिम्मेबार नहुँदा थला परेको विकास
- लेबनानमा युद्धविराम घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया