काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । लेखापरीक्षणअनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ भएको छ ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ । सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ । चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ । राससले जनाएनुसार पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया