काठमाडौं । बैंकहरुले ब्याजदर घटाएपछि गतसाता सेयरबजारमा उत्साह देखियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से ६६ दशमलव दुई अंकले बढ्यो भने ३१ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भयो । बुधबार साताकैे सबैभन्दा धेरै नौ अर्ब ७६ करोड रुपैयाँको सेयर किनबेच भयो । दैनिक औसत सात अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
लगानीकर्ताले मनोवैज्ञानिक रेखा मान्दै आएको २२ सय विन्दुभन्दा माथि पुगेको थियो । बुधबार २२ सय १४ विन्दुसम्म पुगेको नेप्से केही बेरमै तल ओर्लिएको थियो । त्यसदिन नेप्से उच्च उतारचढावबीच ऋणात्मक भएर बन्द भएको थियो । तर, समग्रमा गतसाता नेप्से बढेर बन्द भएको छ । नेप्सेमा करिब दुई वर्षयताकै उच्च उत्साह देखियो ।
बैंकमा अधिक तरलता भएको, सेयर कर्जा सहजै पाउन सकिने र ब्याजदर पनि घटेका कारण लगानीकर्ताको मनोवल बढेको विश्लेषकहरुको बुझाइ छ । यही कारण बजारमा चहलपहल बढेको हो । राष्ट्र बैंकले नीतिगत लचकता अपनाएपछि बजारमा सुधार भएको देखिन्छ । मंसिर २० गते १८ सय ३० विन्दुसम्म झरेको नेप्से त्यसयता तीन सय २५ अंकले बढेको छ ।
लगानीकर्ताले १८ सय र २२ सयको विन्दुलाई मनोवैज्ञानिक रेखा मान्दै आएका छन् । २०७८ माघ १० गतेयताको रेखाचित्र विश्लेषण गर्दा नेप्से १८ सय र २२ सयको विन्दुभित्र पाँच÷छ पटकसम्म तलमाथि गर्दै बसेको छ । अर्थात् यी दुई रेखालाई पटकपटक परीक्षण गरेको छ । त्यसैले पनि यी दुई रेखालाई लगानीकर्ताले मनोवैज्ञानिक रेखा मान्दै आएका छन् ।
छोटो समयका लागि लगानी गर्ने लगानीकर्ताले नाफा बुक गर्नका लागि सेयरको बिक्री बढाउँदा गतसाता अन्तिमतिर बिक्रीचाप अधिक भएकोे देखिन्छ । तर पनि बजारमा उच्च गिरावट भएकोे छैन । लगानीकर्ताले चासोका साथ हेरिरहेका छन् ।
यस्तै अहिले सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय पनि हो । केही बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । प्रारम्भिक अनुमानअनुसार बैंकहरुको वित्तीय विवरण खासै राम्रो नहुने देखिएको छ । यसले बजार प्रभावित हुनसक्छ । यद्यपि सेयरबजार र ब्याजदरबीच प्रत्यक्ष विपरीत सम्बन्ध हुनेभएकाले ब्याजदर घट्दै जाँदा सेयरबजार बढ्ने हुन्छ । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पब्लिक कम्पनीको सेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने सुविधा दिएको छ । यसअघि पाँच प्रतिशत मात्रै लगानी गर्न पाउने सुविधा भएकाले बजारमा थप लगानी भित्रिन सक्छ । यसले बजारलाई फाइदा नै पुग्छ ।
गतसाता अन्य समूह, जलविद्युत्, लघुवित्तलगायतका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको थियो । हिमालयन रिइन्स्योरेन्स, रिडी पावर कम्पनी र लिबर्टी इनर्जीको सेयरमूलय सर्वाधिक बढेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सबैभन्दा धेरै दुई अर्ब ५६ करोड रुपैयाँको भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया