नेपालप्रति भारतको दादागिरी, सगरमाथालाई भारतको भनेर टेलिसिरियलमा प्रचार
काठमाडौं । छिमेकी मुलुक भारतले नेपाली भूमिलाई लिएर प्रत्यक्ष र अप्रत्यक्ष रुपले हेपाहा प्रवृत्ति बारम्बार देखाउने गर्दै आएको छ । पछिल्लो समय अर्थात् यहि जनवरी महिनामा फेरि भारतले एक टेलिभिजन सिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचारप्रसार गरेको छ ।
भारतको चर्चित टेलिभिजन जीटिभीले प्रसारण गर्दै आएको ‘कैसे मुझे तुम मिल गए’नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको छ । सो टिभी सिरियलको हालै प्रकाशित नयाँ एपिसोडमा नेपालको सगरमाथालाई भारतको भनेर प्रस्तुत गरिएको छ ।
सिरियलको उक्त एपिसोडमा टेलिसिरियलमा एक पुराना कलाकारले अर्को एक कलाकारलाई सामान्य ज्ञानको प्रश्नोत्तरका क्रममा ‘भारतको सबैभन्दा उच्च पहाडको चुचुरोको नाम के हो ?’, भनेर सोध्छिन् । त्यसपछि ती पुरुष कलाकारले ‘माउण्ट एभरेष्ट’ भनेर सहज तरिकाले उत्तर दिन्छन् । अनि सिरियलको सो दृश्यमा उपस्थित अन्य कलाकारले ताली बजाउँछन् ।
सो सिरियलको उक्त भागको युट्युब भर्सनमा हेर्न दर्शकमध्ये धेरैले सगरमाथा नेपालमा रहेको जिकिर गरिरहेका छन् । कतिपयले स्क्रिप्ट लेख्नेले गलत लेख्यो भनेर सच्याउन माग गरिरहेका छन् । कतिपयले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
सिरियलको तल दिइएको उक्त एपिसोडको लिंक यूटुबमा गएर हेर्न सकिन्छ :
https://www.youtube.com/watch<v=2PM6cDrfGbU
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
- रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी
- विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
- नेपाल निप्पोन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज स्थापना
- जोन्टा, एनसेल फाउन्डेसन, यूएनएफपीए र युनिसेफ नेपालबीच सहकार्य
- कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया