Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको ‘गरिमा सरल एसएमई कर्जा’

गरिमा विकास बैंकको ‘गरिमा सरल एसएमई कर्जा’


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गरिमा सरल एसएमई कर्जा सार्वजनिक गरेको छ । बैंकका अनुसार हरेक नेपालीहरूको ’आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाखसम्मको गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरिएको हो । कर्जासम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई कार्य दिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र शून्य दशमलव ७५ प्रतिशत र आवधिक कर्जामा मात्र एक प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरी यो योजना सार्वजनिक गरिेएकोे बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनका लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले देशभर एक सय २३ वटा शाखा कार्यालय, ५१ एटीएम र डिजिटल बैंकिङमार्फत करिब आठ लाख ग्राहकलाई बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ  ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया