आरएसडीसी लघुवित्तको नाफा छ करोड ९३ लाख
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ९३ लाख चार हजार तीन सय २१ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा संस्थाको गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने संस्थाले सात करोड ९४ लाख १क्४ हजार छ सय २२ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब एक करोड ५० लाख २५ हजार तीन सय ८५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६४ करोड ५७ लाख ५२ हजार सात सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर एक दशमलव ७८ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा चार करोड ७४ लाख ७७ हजार तीन सय ९३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ३२ करोड ८१ लाख ५० हजार नौ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २८ करोड ३४ लाख ८३ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव १४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया