Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रवद्र्धनमा सघाउने

आईएफसीले नेपालका साना तथा मध्यम व्यवसाय प्रवद्र्धनमा सघाउने


काठमाडौं, जेठ १४
विश्व बैंकअन्तर्गतको आईएफसीले कोभिडबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेबिनारमा बोल्दै आईएफसीका नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् । हालको कोभिडको कठिन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आईएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन् । काभिडको सुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहिरहने बताएकी छिन् । उनको भनाइमा आईएफसीले अन्तर्राष्ट्रिय स्तरमा निजी क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ । नेपालमा नीजि क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन् ।

आईएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय संघ÷संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आईएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन् । कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस वर्षको अन्तिमसम्म आईएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x