विश्वव्यापी उत्पादनमा चीन अगाडि
बेइजिङ । चीनले १४ वर्षदेखि लगातार विश्वव्यापी उत्पादन क्षेत्रमा अग्रणी भूमिका खेलेको दाबी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले विगत १४ वर्षदेखि विश्वको उत्पानको शीर्ष स्थान कायम गर्न सफल भएको जनाएको हो ।
मन्त्रालयले चीनको औद्योगिक उत्पादन सन् २०२३मा चार दशमलव छ प्रतिशतले बढेको उल्लेख गरेको छ । यो वृद्धि सन् २०२२ को तुलनामा एक प्रतिशत बिन्दुले बढेको छ । चीनले लाभदायक उद्योगहरुलाई बलियो बनाउन र तीन नयाँ उत्पादनहरु नयाँ उर्जा सवारीसाधन, लिथियम–आयन ब्याट्री र फोटोभोल्टिक उत्पादनहरुमा बढी जोड दिएको जनाएको छ ।
सन् २०२३मा चीनको दूरसञ्चार व्यवसायको वार्षिक राजस्व छ दशमलव दुई प्रतिशतले बढेको र सफ्टवेयर उद्योगको संख्या र दक्षता दुवै बढेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सेवा क्षमताको स्तरवृद्धि भएको र कम्प्युटिङ पावरको स्केल विश्वमा दोस्रो स्थानमा पुगेको दाबी गरेको छ ।
यस्तै, सन् २०२४मा चीनको औद्योगिक अर्थतन्त्रका लागि आन्तरिक र बाह्य वातावरण अझै पनि चुनौतीपूर्ण र जटिल रहेको मन्त्रालयले जनाएको छ । तर, औद्योगिक प्रणाली, विशाल बजार आकार र परिपक्व सूचना पूर्वाधारका कारण देशको औद्योगिक अर्थतन्त्रको दीर्घकालीन प्रवृतिमा कुनै परिवर्तन नआउने बताइएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया