Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमाको ‘गजबको लगानी व्यवस्थापन सेवा’

गरिमाको ‘गजबको लगानी व्यवस्थापन सेवा’


काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरूका लागि गज्जबको लगानी व्यवस्थापन सेवा योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो योजना माघ १ गतेदेखि माघ मसान्तसम्म मात्र लागू हुनेछ । यो योजनाअन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राहकहरूले सेवाबाट बाहिरिँदा पनि विनाकुनै शुल्क बाहिरन सकिने सुविधा प्रदान गरेको छ । क्यापिटलले आफ्नो प्रदर्शनका आधारमा १० प्रतिशत मात्र कार्य सम्पादन शुल्क लिनेछ । क्यापिटलले यो सेवा माघ मसान्तसम्म प्राकृतिक व्यक्तिहरूको लागि मात्र लागू गरेको छ । साथै, यो योजना उपभोग गर्न न्यूनतम लगानी रकम वा सेयर दश लाखको हुनुपर्नेछ । यो योजना उपभोग गर्न इच्छुक ग्राहकले सिधै क्यापिटलमा सम्पर्क गरेर, गरिमा विकास बैंकका शाखा कार्यालयहरूमार्फत वा ह्वाट्स एप, भाइबर र सोसियल मिडियाबाट समेत सम्पर्क गरेर प्राप्त गर्न सक्नेछन् ।

गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो सेयर खातासम्बन्धी) सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरीवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढाउने जानकारी समेत गराएको छ । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ । संस्थाले आफ्ना सेवाहरू अझ परिस्कृत र ग्राहकमैत्री तबरबाट प्रवाह गर्नको निमित्त विभिन्न नवीनतम् प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया