लर्डबुद्ध एजुकेसन फाउन्डेसनको ‘विन्टर फेस्ट’
काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेस्ट” आयोजना गरेको छ । यो कार्यक्रम, विद्यार्थीका लागि मनोरञ्जन र रचनात्मकतासहित, उद्यमशीलताको एक अद्वितीय मिश्रण बनेको कलेजको दाबी छ । यो उत्सवमा विद्यार्थीले, योजना निर्माणदेखि कार्यान्वयनसम्मका हरेक पक्षको जिम्मेवारी लिएका थिए ।
विन्टर फेस्टले, विद्यार्थीलाई समग्र सिकाइ अनुभव प्रदान गरेको कलेजको दाबी छ । विन्टर फेस्टले, विद्यार्थीको क्षमता तिखार्दै, जीवनका चुनौती सामना गर्न आत्मविश्वास भरेको कलेजको विश्वास छ । कार्यक्रमको अवधारणादेखि कार्यान्वयनसम्मका योजना छनौट, बजेट निर्माणलगायतका पक्षको सबै जिम्मेवारी विद्यार्थीलाई दिइएको थियो । यो कार्यक्रमले, विद्यार्थीलाई परम्परागत कक्षाकोठाको चौघेराभन्दा बाहिर जाने व्यावहारिक सिप प्रदान गरेको लर्डबुद्ध एजुकेसन फाउन्डेसनका कार्यकारी निर्देशक प्रकाशकुमार केजरीवालले जानकारी दिए ।
कार्यक्रमले, स्टेज सजावटदेखि विक्रेता चयन, बिलिङ र कारोबारका अरू तत्वहरूको लागत जुटाउनका लागि पनि सहयोग गरेको छ । यो कार्यक्रममा विद्यार्थी आफैँले, स्टेज सजावटको लागि पक्षसँग वार्ता, सम्झौता, गुणस्तरीय खाना विक्रेता सुनिश्चित गर्ने र पुरस्कार र उपहारका लागि आपूर्तिकर्ताहरूसँग समन्वय गरेका थिए । यस्तो अन्तरक्रियाले विद्यार्थीको सञ्चार र वार्तालाप कौशल बढाउने कलेजको भनाइ छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया