Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजार‘ब्याजदर घटाउन हतार नगरिने’

‘ब्याजदर घटाउन हतार नगरिने’


जर्मनी । यूरोपेली केन्द्रीय बैंकका नीति निर्माताहरूले बिहीबार मुद्रास्फीतिविरुद्ध प्रगति भए पनि ऋण लागत घटाउन सुरु गर्न उनीहरूलाई कुनै हतारो छैन भन्ने संकेत गरेका छन् । बैंकले ब्याजदर स्थिर राख्ने पहललाई जारी राख्ने अपेक्षा गरिएको छ । फ्रयांकफर्ट इन्स्टिच्युटले लगातार तेस्रो बैठकमा ब्याजदर वृद्धिलाई स्थगन गर्ने सङ्केत गरेको छ । बढ्दो मूल्यलाई नियन्त्रण गर्न वृद्धिको उच्चतम दौडपछि महत्वपूर्ण निक्षेपका लागि तोकिने ब्याजदरलाई चार प्रतिशत कायम गरेको छ । ईसीबीका अध्यक्ष क्रिस्टिन लेगार्डले गतहप्ता ब्याजदर उच्च विन्दुमा पुगेको तर आर्थिक अनिश्चितता र बढ्दो ज्यालाले मूल्यको दबाबमा पार्नसक्ने सम्भावित प्रभावको हवाला दिँदै मुद्रास्फीतिमा ‘विजयको उद्घोष’ गर्न धेरै चाँडो भएको बताएका थिए ।

उनले ईसीबीका अन्य अधिकारीहरूसँगको छलफलपछि अप्रिलको सुरुमा दर कटौतीको बजार सर्तविरूद्ध पनि वृद्धिलाई निरन्तरता दिएका थिए । नयाँ तथ्यांकले आर्थिक सुधारका थप संकेतहरू देखाएमा ऋणका लागि लिइने ब्याजदरमा ‘सम्भवतः’ आगामी गृष्म ऋतुसम्ममा ब्याजदरमा कटौती गर्नै थालिनेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया