Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधकारखानाबाट चाँदी चोरी गरेको अभियोगमा एक युवासहित ज्वलर्सका संचालक पक्राउ

कारखानाबाट चाँदी चोरी गरेको अभियोगमा एक युवासहित ज्वलर्सका संचालक पक्राउ


ललितपुर । महालक्ष्मी नगरपालिका–४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ज्वलर्सका संचालकसहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ भने उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुरको मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै, थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका संचालक राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया