Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधललितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ

ललितपुरका नापी सर्वेक्षकसहित तीन जना घुससहित पक्राउ


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी दुई लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । प्रहरीले तीनै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया