Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमिर्मिरे लघुवित्तको नाफा तीन करोड ४० लाख

मिर्मिरे लघुवित्तको नाफा तीन करोड ४० लाख


काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा तीन करोड ४० लाख पाँच हजार चार सय २४ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा दुई करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा पाँच करोड ८१ लाख आठ हजार दुई सय ५६ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६६ करोड ५७ लाख ६४ हजार दुई सय ७३ रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा दुई अर्ब ५९ करोड ४६ लाख ७३ हजार छ सय ३७रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब २६ करोड ६४ लाख ३६ हजार नौ सय ७५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड ८५ लाख ५५ हजार छ सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा निष्क्रिय कर्जाको अनुपात चार दशमलव ५१ प्रतिशत रहेको छ । वितरणयोग्य नाफा एक करोड ९८ लाख ७४ हजार चार सय २६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ५३ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ६१ करोड ४७ लाख १० हजार ७५ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब छ लाख ८१ हजार १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २४ करोड सात लाख ७२ हजार छ सय ९७रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव १४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया