Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो त्रैमासिक नाफा ६८ करोड ९९ लाख

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको दोस्रो त्रैमासिक नाफा ६८ करोड ९९ लाख


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ६८ करोड ९९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा आठ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ३६ करोड ६६ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १७ करोड ५४ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले एक अर्ब ३५ करोड २४ लाख चार हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ५७ करोड ७९ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकले एक अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया