म्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने
लन्डन, जेठ १४
बेलायतको सुपरकार निर्माता कम्पनी म्याकलारेनले १२ सय रोजगारी कटौती गर्ने भएको छ । म्याकलारेन फर्मुला १ कारको निर्माता सदस्य पनि हो । कम्पनीले कुलमध्ये झण्डै एक चौथाइ रोजगारी कटौती गर्नलागेको हो । उक्त कम्पनीले ४ हजार जनालाई रोजगारी प्रदान गर्दै आएको छ । रोजगारी कटौतीमध्ये धेरै बेलायतमा हुने बताइएकाो छ । कोरोना महामारीका कारण फर्मुला १ को बिक्रीमा ह्वात्तै गिरावट आएको छ । यो कार खासगरी कार रेसिङमा प्रयोग हुने गर्छ । वर्तमान संकटले कम्पनीलाई नराम्रो असर परेको जनाइएको छ । कम्पनीले अहिले खर्च कटौतीलाई जोड दिइरहेको छ । कार्यशक्ति घटाउनुको विकल्प नभएको कम्पनीका प्रमुख पल वाल्सले एक वक्तव्यमा जनाएका छन् । म्याकलारेनमात्र हैन, मर्सिडिज, फेरारी, रेडबुल जस्ता ठूला कार निर्माताले पनि कार्यशक्ति घटाउने कदम चालिसकेकका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादव नियुक्त
- एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली
- सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट
- नागार्जुनमा बाटो मिचेर बनाएको घर भत्काउन आदेश
- नेपाली बजारमा एलजीको नानोसेल टीभी सार्वजनिक
- नेसनल लाइफद्वारा बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
- इ–सेवाको घर जित्ने विजेता घोषणा हुने
- धनी देशले प्रत्येक वर्ष तीन सय अर्ब अमेरिकी डलर तिर्ने सहमति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया