Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचीनमा पान्डाको संख्या एक हजार नौ सयको हाराहारीमा

चीनमा पान्डाको संख्या एक हजार नौ सयको हाराहारीमा


बेइजिङ । चीनमा पान्डाको संख्या एक हजार नौ सयको हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ ।

सन् १९८० को दशकमा एक हजार एक सय पान्डा रहेकोमा अहिले एक हजार नौ सयको हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ ।

जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भनने, ‘पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।’

पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । ‘निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र ओगटेको छ र यसले करिब ७२ प्रतिशत जङ्गली विशाल पान्डालाई महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ’, झाङले भने । सन् २०१२ देखि अहिलेसम्म विशाल पान्डाको वासस्थानको संरक्षित क्षेत्र १३ लाख ९० हजार हेक्टरबाट बढेर २५ लाख ८० हजार हेक्टर पुगेको छ, जसले जङ्गली पान्डाको जनसङ्ख्याको सुरक्षा र दिगो विकासलाई प्रभावकारीरूपमा कायम राखेको प्रशासनको तथ्यांकले देखाएको छ । रासस/सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया