एलजीका सोरुमहरू पुन: सञ्चालन
काठमाडौं । एलजी ब्राण्ड मातहतका एलजी सपि सोरुमहरू पुनः संचालनमा ल्याइएको हो । कम्पनीका सोरुमहरूलाई विश्वस्तरमा अपग्रेड गरी सञ्चालनमा ल्याइएको हो ।
एलजी इलेक्ट्रोनिक्स इन्कका एक्स्पोर्ट निर्देशक केइथ कि सु चुङ र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्तरूपमा कम्पनीका सोरुम शुभारम्भ गरेका हुन् । एलजी सपि सोरुमहरूमा एलजी ब्राण्डका घरायसी विद्युतीय सामग्रीहरू उपलब्ध छन् । ग्राहकले दक्ष र अनुभवी प्रतिनिधिहरूबाट यहाँ भएका विद्युतीय सामग्रीबारे जानकारी पनि लिन सक्नेछन् । यी सोरुमहरू हप्ताको सातै दिन खुला रहने कम्पनीले जनाएको छ । कम्पनीको सोरुम जावलाखेल, मिनभवन, सीतापाइला, चाबहिल, कान्तिपथ, इमाडोल र विराटनगरमा रहेका छन् ।
साथै कम्पनीले एलजी सोरुमहरूको शुभारम्भको अवसरमा विशेष छुटका साथै फ्रि गिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी, एक्सचेन्ज अफर तथा लोयल्टी प्रोगामको पनि सुविधा दिने भएको छ । यसका साथै एलजी सपि सोरुमहरूले फ्रि डेलिभरी, फ्रि इन्स्टलेसन (एलजी सर्टिफाइड) सेवाहरू पनि प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7
ताजा अपडेट
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया