बाँकेका सहायक वन अधिकृत पार्दे घुससहित पक्राउ
काठमाडौं । बाँके जिल्लाका सव–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे घुससहित पक्राउ परेका छन् । काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार पार्देलाई पक्राउ गरेको हो ।
पार्दे सेवाग्राहीबाट सात हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । उनलाई उक्त रकमसहित श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपैयाँसमेत गरी जम्मा ५२ नौ सय ७५ रुपैयाँसहित नेपालगञ्ज उपमहानगरपालिकाबाट नियन्त्रणमा लिइएको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
- चार महिनामा साढे चार खर्ब व्यापार घाटा
- ‘क्रेडिट रेटिङ’ पछि नेपालले लिनुपर्ने लाभ के हो ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया