माउन्टेन ड्यु गेल्जे शेर्पाको २०२५ समिटको सहयात्री
काठमाडौं । माउन्टेन ड्युले हिमाल आरोही गेल्जे शेर्पाको २०२५ समिटमा सहकार्य जनाउने भएको छ । कम्पनीले शेर्पाको सपना बनेको नेपालको आठ हजार एक सय ८८ मिटर अग्लो हिमाल चो यु आरोहणलाई समर्थन दिने प्रतिबद्धता जनाएको छ ।
अधिक उचाइको हिमाली बाघको रूपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवम् पथ प्रदर्शक हुन् । उनले आठ हजार मिटर उचाइका धेरै चुचुराहरू आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् । सन् २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो । गेल्जे शेर्पाले ‘डेथ जोन’ को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै एक पर्वतारोहीको उद्धार गरी जीवन बचाएका थिए ।
कम्पनीका अनुसार शेर्पाले आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउन्टेन ड्युको नारा ‘डरको अगाडि जित छ’ जसरी डरको सामना गरेका थिए । त्यसको लागि सम्मान दिँदै गेल्जे शेर्पालाई उनको यात्रामा माउन्टेन ड्युले निरन्तर साथ दिने भएको कम्पनीले जनाएको छ ।
गेल्जेले नयाँ उचाइमाथि जित हासिल गर्ने र नेपालका शेर्पाहरूलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउन्टेन ड्यु एक भरपर्दो सहयोगीको रूपमा उभिएर आकांक्षाहरूलाई उल्लेखनीय उपलब्धिमा रूपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ । पेप्सीको नेपालका एसोसिएट निर्देशक अनुज गोयलले गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सक्रियरूपमा साथ दिने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया