दिगो र आत्मनिर्भर आर्थिक विकासका विषयमा व्याख्यात्मक कार्यक्रम
काठमाडौं । उद्योग र शैक्षिक क्षेत्रबीचको अन्तर्संवादका माध्यमबाट सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालको दिगो एवम् आत्मनिर्भर आर्थिक विकास विषयमा व्याख्यात्मक कार्यक्रम आयोजना गरिएको छ ।
उद्योग संगठन मोरङ र अमेरिकन कर्नर विराटनगरले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा विराटनगरका विभिन्न उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विधार्थीहरूले दिगो र आत्मनिर्भर आर्थिक विकासका लागि सरकार, निजी क्षेत्र र आमनागरिकको एकीकृत दृष्टिकोणको आवश्यकता रहेको औँल्याएका थिए । उनीहरूले मुलुकको आर्थिक एवम् औद्योगिक समृद्धिका लागि सबै पक्ष बीचमा सहकार्यको आवश्यकता हुने बताए । आर्थिक विकास र नयाँ रोजगारी सिर्जनामा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका हुने भएकाले सरकारले लगानीमैत्री नीति निर्माण गरी कार्यान्वयन पक्षलाई सवलीकरण गर्नुपर्नेमा उनीहरूले जोड दिएका थिए ।
नेपालको दिगो आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादनमूलक उद्योग, खनिजजन्य उद्योगको विकासका प्रचुर सम्भावना भएकाले नीतिगत सुधार गरी उक्त क्षेत्रमा लगानी अनुकुल वातावरण निर्माण गरे छिट्टै आर्थिक समृद्धि प्राप्त हुने उनीहरूको भनाइ थियो । व्याख्यात्मक कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले उद्योग र शैक्षिक क्षेत्रबीचको निरन्तर संवादले आर्थिक विकासको नयाँ क्षेत्र र सम्भावना पहिल्याउन सहज हुने बताए । यस्तै, उनले विद्यार्थीलाई देशमै स्वरोजगार भई रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने क्षमता विकास गर्न आग्रह गरे । युवापुस्ताले नयाँ सोच र अवधारणाका साथ प्रारम्भ गरेको स्टार्टअपहरूले विश्व आर्थिक मञ्चमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले सोहीअनुरूपको नयाँ सोचका साथ स्वदेशमै उद्योग व्यवसायका क्षेत्रमा युवाहरू आउनुपर्नेमा जोड दिए ।
प्रत्येक सहभागिलाई दिगो र आत्मनिर्भर आर्थिक विकासको सम्भावना विषयमा व्याख्या गर्न आठ मिनेट समय दिइएको थियो । कार्यक्रममा बाल कल्याण विद्या मन्दिरकी स्वीकृति अधिकारी प्रथम, आदर्श उच्च माविका सुजन खत्री दोस्रो र सत्यनाराण उच्च माविकी सिवानी राउत तेस्रो भएका थिए । कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगद रकमसहित मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया