काठमाडौँ, गत साता निरन्तर ओरालो देखिएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा यो सातामा कारोबारको पहिलो दिन भने दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ३७ अङ्कले बढेर दुई हजार ९४ दशमलव ४६ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय ६ कम्पनीको एक करोड सात लाख ५१ हजार एक सय ६४ कित्ता शेयर एक लाख सात सय ८२ पटक खरिद बिक्री हुँदा रू तीन अर्ब ८३ करोड ३७ लाख ७६ हजार पाँच सय ८० बराबरको कारोबार भएको छ ।
आज बैंकिङ समूह शून्य दशमलव ०९, होटल तथा पर्यटन समूह एक दशमलव ८६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ र म्युचुअल फन्ट शून्य दशमलव ०४ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह एक दशमलव ३३ र अन्य समूह एक दशमलव ३२ प्रतिशतले बढेको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३३ करोड ५३ लाख ४५ हजार आठ सय ८७ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी ग्रुप पावर लिमिटेडको छ लाख ९० हजार एक सय २२ कित्ता शेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया