प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको लर्डबुद्ध एजुकेसन प्रायोजक
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितालाई लर्डबुद्ध एजुकेसन फाउन्डेसनले प्रायोजन गरेको छ । सबैभन्दा ठूलो घरेलु प्रतियोगिताका रूपमा रहेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको प्रायोजनसम्बन्धी सम्झौतामा फाउन्डेसनका अध्यक्ष पंकज जलान र क्रिकेट एसोसिएसन अफ नेपाल क्यानका सचिव पारस खड्काले हस्ताक्षर गरेका छन् ।
प्रतियोगितामा सहभागी १० टोली र अफिसियललाई पोशाकलगायतका अन्य सुविधा फाउन्डेसनले उपलब्ध गराउने सहमतिमा उल्लेख छ । शिक्षा र खेलकुदलाई जोड्नका लागि पनि जारी प्रतियोगिताको प्रायोजन गरिएको लर्डबुद्ध एजुकेसन फाउन्डेसनले जनाएको छ । नेपालमा क्रिकेटको भविष्य राम्रो रहेको र खेलाडीहरूलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कप क्रिकेटको प्रायोजन गरिएको फाउन्डेसनका अध्यक्ष जलानले बताए । उनले भने, ‘खेलाडीलाई स्वदेशमै बस्ने वातावरण सिर्जना गर्न निजी क्षेत्रबाट सहयोगको खाँचो छ, क्रिकेटको भविष्य राम्रो छ यसले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा पनि पहिचान गराउने भएकाले सबैको साथ सहयोग हुन जरुरी छ ।’
क्यानका सचिव पारस खड्काले घरेलु प्रतियोगितामा पनि प्रायोजन आउन थाल्नु क्रिकेटको भविष्यका लागि सुखद् भएको बताए । फाउन्डेसनसँग आगामी दिनमा पनि सहकार्य गर्दै जाने उनको भनाइ थियो । नेपालमा क्रिकेटको भविष्य उज्ज्वल रहेकाले आगामी दिनमा मैदानको पूर्वाधार विकासमा ध्यान दिनुपर्ने उनले बताए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया