पिपुल्स क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी), पिपुल्स क्याम्पस इकाई समितिले कलेजमा तालाबन्दी गरेको छ । समितिले पिपुल्स क्याम्पसको शैक्षिक माफिया र भु–माफियाविरुद्ध पहिलो चरणमा सांगठनिक काम कारवाहीसहित क्याम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरेको विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
समितिले क्याम्पसको शैक्षिक र भौतिक संरचना सुधारसहित विद्यार्थीको हकहितको लागि ९बुँदे ज्ञापनपत्र पेश गरेको जनाएको छ । विद्यार्थीका जायज मागहरु सम्बोधन गर्नुको सट्टा वेवास्ता गर्दै विद्यार्थीहरुको हित विपरित क्याम्पस प्रशासन गएको हुँदा संघर्षका चरण अन्तर्गत पहिलो चरणमा अनिश्चितकालिन तालाबान्दी गरेको समितिले जनाएको छ ।
साथै, समयमै विद्यार्थीहरुका मागहरु सम्बोधन नगरिए संगठन सशक्त कार्यक्रमसहित अगाडि बढ्ने र जसबाट उत्पन्न परिणामको जवाफदेहि स्वयं क्याम्पस प्रशासन हुने क्रान्तिकारी समितिले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया