रियलमी सी ५१ र सी ५३ अब छुट मूल्यमा
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीको दुई वटा स्मार्टफोन मोडलहरू रियलमी सी ५१ र रियलमी सी ५३ अब छुट मूल्यमा उपलब्ध भएका छन् ।
कम्पनीले मेमोरी च्याम्पियन रियलमी सी ५१ मा एक हजार पाँच सय रुपैयाँ र क्यामरा च्याम्पियन रियलमी सी ५३ मा दुई हजार पाँच सय रुपैयाँको भारी छुट उपलब्ध गराएको हो । कम्पनीका अनुसार पहिला १४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रियलमी सी ५१ अब १३ हजार चार सय ९९ रुपैयाँमा पाइनेछ । यस्तै, पहिले १८ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध रियलमी सी ५३ अब १६ हजार ४९९ रुपैयाँको छुट मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रियलमी सी ५३ मा यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सर रहेको छ । सात दशमलव ९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ उपलब्ध रियलमी सी ५३ मा १८ वाट क्विक चार्जको सुविधा र पाँच हजार एमएएचको विशाल ब्याट्री राखिएको छ । रियलमी सी ५३ मा १२ जीबीसम्मको डायनामिक र्याम, १७ दशमलव १३ सेन्टिमिटर (६ दशमलव ७४ इन्च) ९० हर्जको डिस्प्ले छ । ६+१२८ जीबी भेरिएन्टको रियलमी सी ५३ बजारमा पाइने कम्पनीले जनाएको छ ।
यसैगरी रियलमी सी ५१ मा ३३ वाटको सुपरभोक फास्ट चार्जर रहेको छ । यसमा मात्र २८ मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुन सक्छ । एक सय २८ जिबीको स्टोरेज भएको यस रियलमी सी ५१ मा सबै एप, तस्वीर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जीबीको बिल्ट–इन ¥यामका साथै डीआरई टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ । साथै, यसमा पनि पाँच हजार एमएएचको हेभी ब्याट्री पावर रहेको छ । साथै यो फोनमा पनि ५० मेगापिक्सेल एआई क्यामरा, ७.९९ एमएमको अल्ट्रा–स्लिम डिजाइन, आकर्षक (६.७४ इन्च) ९० हर्ज डिस्प्ले रहेको छ । रियलमी सी ५१ आकर्षक मिन्ट ग्र्रिन र कार्बन ब्ल्याक कलरमा ४+६४ जीबीको स्टोरेजमा उपलब्ध रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया