भिजा एक्सेलेरेटर कार्यक्रममा आवेदन खुला
काठमाडौं । भिजा एक्सेलरेटर कार्यक्रमको चौथो संस्करणका लागि आवेदनहरू खुला गरिएको छ । यस पहलको उद्देश्य भिजाका भुक्तानी विशेषज्ञहरूसँग सहकार्य गरेर नेपालमा स्टार्टअपहरूलाई विकासको सम्भावनाका ढोका खोल्नु रहेको छ ।
२०२४ संस्करण नयाँ क्षेत्रहरू कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवगमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृतिजस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित रहने बताइएको छ । भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुका अनुसार यस कार्यक्रमले स्टार्टअपहरूलाई विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अवसर प्रदान गर्नेछ । विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विशेषरूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रूत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र दू्रत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइनेछ ।
एसिया–प्रशान्त क्षेत्रबाट छानिएका स्टार्टअपहरूको समूहले, कार्यक्रम मार्फत्, भुक्तानी इकोसिस्टमको विकसित चुनौतीहरूलाई सम्बोधन गर्नेछ । तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन् । साथै, भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउनेछन् । कार्यक्रमको यस संस्करणको लागि आवेदनहरू जनवरी ८ मा खोलिएको र मार्च ८ मा बन्द हुने बताइएको छ । छानिएका स्टार्टअपहरू मेदेखि नोभेम्बर २०२४ सम्म सञ्चालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया