Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारजर्मनीमा सार्वजनिक यातायात हड्तालको आह्वान

जर्मनीमा सार्वजनिक यातायात हड्तालको आह्वान


बर्लिन । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीमा शुक्रबार सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको छ । जर्मन युनियन भर्डीले तलब र सर्तहरूमा बढ्दो विवादका बीच यातायात हड्तालको आह्वान गरेको हो ।

बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने एक सय ३२ वटाभन्दा बढी स्थानीय कम्पनीहरूमा ९० हजारभन्दा बढी कामदारहरू वाकआउटमा सामेल हुने अपेक्षा गरिएको छ । गतहप्ता हडतालमा गएको ड्युस बानद्वारा सञ्चालित लामो दूरीका र क्षेत्रीय रेलहरू भने यो हड्तालले प्रभावित हुने छैनन् ।

 


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया