काठमाडौं । लगातार तीन कारोबार दिनसम्म बढेको सेयरबजारमा कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को विन्दुमा कायम भएको छ । यस्तै पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँबराबरको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता सेय किनबेच भएको छ ।
लगानीकर्ताको सम्पत्ति एकैदिन २४ अर्ब रुपैयाँले बढेको छ । बजार पुँजीकरण ३३ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ । कारोबारमा आएका दुई सय ४७ कम्पनीमध्ये एक सय ५२ वटाको सेयरमूल्य बढ्दा बजारमा हरियाली देखिएको हो । नेप्से परिसूचक बढे पनि ८५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने १० वटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो ।
बैंकिङ, फाइनानस र लघुवित्तबाहेकका सबै समूह बढेका छन् । बैंकिङ समूह शून्य दशमलव १७ प्रतिशत, लघुवित्त समूह शून्य दशमलव तीन प्रतिशत र निर्जीवन बीमा समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेका छन् । यसदिन लगाानीकर्ताको आकर्षण अन्य समूहमा देखिएको छ । यो समूह तीन दशमलव ५६ प्रतिशतले बढेको छ । यस समूहका हिमालयन रि–इन्स्योरेन्स, मुक्तिनाथ कृषि कम्पनी, नेपाल रि–इन्स्योरेन्स, नेपाल दूरसञ्चार कम्पनीको सेयरमूल्य बढेको छ ।
यस्तै व्यापार समूह एक दशमलव ७६ प्रतिशत, होटल तथा प्रशोधन एक दशमलव ५९, जलविद्युत् एक दशमलव ४७, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६७, लगानी शून्य दशमलव ६३, म्युचुअल फन्ड शून्य दशमलव ३६, जीवन बीमा शून्य दशमलव ३४ र विकास बैंक शून्य दशमलव ३१ प्रतिशतले बढेका छन् ।
चन्द्रागिरी हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयरमूल्य आठ दशमलव ३५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयरसंख्याका आधारमा सबैभन्दा धेरै हिमालय रि–इन्स्योरेन्स लिमिटेडको ७५ करोड २७ लाख ८६ हजार नौ सय १८ रुपैयाँबराबरको १० लाख ७० हजार एक सय ७२ कित्ता सेयर किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #page 2
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया