बोल्टका उत्पादन नेपालमा ल्याइने
काठमाडौं । भारतीय अडियो कम्पनी बोल्टको इयर–बड र स्मार्ट–वाचहरू नेपालमा उपलब्ध हुने भएका छन् । यसका लागि बोल्ट र शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोबाइल्स प्रालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सन् २०१७ मा स्थापित बोल्टले हेडफोन, स्पिकर, स्मार्टवाच र वायरलेस, ब्लुटुथ, इन–इयर, र इयरफोनहरूलगायत अन्य अडियो र वेरेबल उत्पादनहरू डिजाइन र निर्माण गर्दै आएको छ । हालसम्म दुई करोडभन्दा बढी उत्पादनहरू बिक्री गरिसकेको कम्पनीले जनाएको छ । जगदम्बा मोबाइल्सका अनुसार कम्पनीले माग र आवश्यकताबमोजिमका बोल्ट स्मार्टवाच र टीडब्लुएस (ट्रु वायरलेस स्टेरियो) इयरबडहरू नेपालमा चाँडै उपलब्ध गराउन लागेको हो ।
पछिल्लो समय अडियो एसेसरिजहरूको माग तीब्र गतिमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । बोल्टले भारतमा आक्रमक व्यावसाय विस्तार गरेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि उपस्थिति जनाइरहेको छ । नेपाल पनि कम्पनीको प्रमुख बजार हुन सक्ने कम्पनीले विश्वास लिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया