एसआई युकेले ‘युके एजुकेसन फेयर’ गर्ने
काठमाडौं । उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एसआई युकेले देशका विभिन्न सहरमा ‘युके एजुकेसन फेयर’ सञ्चालन गर्ने भएको छ ।
सो संस्थाले हालै राजधानीमा पत्रकार सम्मेलनको गरी फेब्रअरी ३ देखि ९ तारिखसम्म देशका प्रमुख सहरहरूमा युके एजुकेसन फेयर गर्ने एसआई युकेले जानकारी दिएको हो । युकेको विश्वविद्यालयहरूको भौतिक शैक्षिक वातावरण, पूर्वाधार, शैक्षिकस्तर, फि स्ट्रक्चर, छात्रवृत्तिलगायत बेलायतको नियम कानुनसम्बन्धी जानकारी दिन एजुकेसन फेयर सञ्चालन गर्न लागिएको एसआई युकेका कन्ट्री डाइरेक्टर विनय अधिकारीले जानकारी दिए । फेयरमा युकेका ३५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने र उनीहरूसँग विद्यार्थीले प्रत्यक्ष परामर्श लिन सक्ने अधिकारीले बताए । उनले भने, ‘पछिल्लो समय युके सरकारले ल्याएको नीतिले विद्यार्थीहरूलाई कुनै फरक पार्दैन, बजारमा प्रचार भइरहेको जस्तो अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन तर ब्याचलर र मास्टर्स प्रोग्राममा जान चाहनेले डिपेन्डेन्ट लान पाउने छैनन् ।’ युके पढ्नकै जाने विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्य रहेको पनि उनले बताए ।
निर्देशक अधिकारीले सिप सिकेर गएका विद्यार्थीहरूले गएको केही दिनमै काम पाएको र पढाइको बीचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको बताए । उनले विद्यार्थीलाई सिप सिकेर मात्रै विदेश अध्ययनमा जान जोड दिए । त्यस्तै, एसआई युकेका कन्ट्री मेनेजर नन्दन सिंहले शैक्षिक मेलाको महत्व र आवश्यकतासम्बन्धी जानकारी गराए भने सिनियर कन्सल्टेन्ट नितेश खतिवडाले युके एजुकेसन फेयर २०२४ लाई सफल बनाउन आग्रह गरे । यस्तै, शैक्षिक मेलाको तयारीको विषयमा केन्द्रित रहँदै एसआई युके नेपालका आईटी अफिसर सोयल आलमले प्राविधिकरूपमा फेयरको तयारी पूरा भएको जानकारी दिए ।
एजुकेसन फेयर एसआई युकेको पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौंमा फेब्रअरी ३ मा हुनेछ भने पोखरामा ५ तारिख, बुटवल ७ तारिख र चितवनमा ९ तारिखका दिन हुने फेयरमा युकेका ख्यातीप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ ।
क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया