किसानलाई अनुदानमा किवी टि–वार
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाकाले किवी किसानलाई अनुदानमा किवी टि–वार वितरण गर्ने भएको छ । पालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत किवी खेती गर्ने किसानलाई किवी टि–वार वितरण गर्न १५ दिने सूचना जारी गरेको वैतेश्वर गाउँपालिका सूचना अधिकारी रोशन कुमार गिरीले जानकारी दिए ।
केही समयअघि मात्रै ९० प्रतिशत अनुदान सहयोगमा किवीको बिरुवा वितरण गरेको पालिकाले पुनः किवीलाई थाङक्रोका रूपमा प्रयोग हुने किवी टि–वार ७० प्रतिशत अनुदान सहयोगमा वितरण गर्न लागेको हो । धेरै किवी खेती हुने पालिकाको वडा नम्बर–१,३,४ र ५ का किसानलाई टि–वारको लागि प्रस्तावसहितको निवेदन दिन सूचना माग गरिएको हो । पालिकाको किवी खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत किसानलाई ७० प्रतिशत अनुदानमा एक सय ७६ वटा किवी टि–वार वितरण गर्ने सूचना अधिकारी गिरीले जानकारी दिए ।
गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेका अनुसार वैतेश्वरमा ८०/९० जना किसान व्यावसायिक किवी खेतीमा संलग्न छन् । पालिकाले गत साता एक सय ५२ जना किसानलाई चार हजार बढी किवी बिरुवा वितरण गरेको थियो । त्यस्तै, गत अर्थिक वर्ष २०७८/७९ मा तीन सय ७९ वटा टि–वार वितरण गरेको कृषि प्राविधिक पाण्डेले बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका, सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभाना फिजियोथेरापीमा छुट
- गरिमा रोड रेस कम्पिटिसन सम्पन्न
- भुक्तानी प्रदायक कम्पनीलाई कर्मचारीबाट खतरा
- कानुन निर्माणमा ढिलाइका कारणहरू
- सहकारी ठगी महारोगमा परिणत
- संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना
- सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन सुरु
- पुँजीगत खर्च बढाउन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया