माछापुच्छ्रे बैंकद्वारा स्वीटर वितरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । बैंकले बढ्दै गइरहेका जाडो मौसमलाई मध्यनजर गरेर आर्थिक अवस्था कमजोर रहेका कोशी प्रदेशको उदयपुर जिल्लास्थित आधारभूत विद्यालय (ईसीडी–८) सिवाई बेल्हा त्यस्तै श्री माध्यमिक विद्यालय कालिखोलाका विद्यार्थहरूलाई विद्यालय पोशाकअनुसारको रङ्गको स्वीटरहरू वितरण गरेको हो ।
यसैगरी बैंकले मधेश प्रदेशको सिरहा जिल्लास्थित श्री जनता आधारभूत विद्यालय मिर्चैयामा अध्ययनरत विद्यार्थीहरूलाई पनि जाडोको न्यानो स्वीटर हस्तान्तरण गरेको छ । बैंकले विद्यालयहरूसँगको समन्वयमा ती विद्यालयहरूमा अध्यनरत विपन्न, गरिब तथा विपन्न बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन सय १० थान स्वीटर वितरण गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत देशका सातै प्रदेशहरूमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै शिक्षा, स्वास्थ्य, दिगो विकासलगायतका अन्य कामहरूमा स्थानीय निकायहरूसँग सहकार्य आइरहेको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सात वटै प्रदेशमा एक सय ६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय २७ शाखारहित बैंकिङ सेवा, दुई सय तीन वटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया