अति खराब आर्थिक संकटबाट निस्किएको श्रीलंकाको दाबी
कोलम्बो । श्रीलंकाले अति खराब आर्थिक संकटबाट बाहिर निस्किएको दाबी गरेको छ । आइतबार स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति रानिल विक्रमासिंघेले आर्थिक संकटबाट विस्तारै बाहिर आएको बताएका हुन् ।
श्रीलंकामा विदेशी मुद्रा सञ्चितिको चरम अभाव र ऋण तिर्ने क्षमता खस्किएका कारण सुरु भएको आर्थिक संकट उत्पन्न भएको थियो । सन् २०२२ मा ४६ अर्ब अमेरिकी डलरबराबरको विदेशी ऋण तिर्न नसकेपछि श्रीलंका खाद्यान्न, इन्धन र अत्यावश्यक वस्तु आयात गर्न असमर्थ भएको थियो । आर्थिकरुपमा चरम संकट देखापरेपछि तत्कालीन राष्ट्रपति गोटाबाया रााजापाक्ष नागरिक आन्दोलनबाट पदच्युत भएका थिए ।
ऋण तिर्न नसकेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को जमानत नियमनसम्बन्धी मितव्ययितापछि संकट बिस्तारै समाधान हुँदै गएको छ । आईएमएफले गतवर्ष मार्चमा श्रीलंकालाई दुई अर्ब ९० करोड अमेरिकी डलरबराबरको चारवर्षे कर्जाको पहिलो किस्ता जारी गरेको थियो ।
राष्ट्रपति विक्रमासिंघेले ‘आर्थिकरूपमा दिवालिया राष्ट्रको प्रतीक बनाइएको’ बारे स्मरण गर्दै परम्परागतरूपमा आयोजना गरिने वार्षिक सम्बोधनमा उनले बिस्तारै अति खराब आर्थिक सङ्कटबाट बाहिर आइरहेको बताएका हुन् । उनले चुनौतीहरु क्रमशः हट्दै गएको बताएका छन् ।
सन् २०२२ मा श्रीलंकामा वित्तीय सङ्कटको चरम बिन्दुमा पुुग्दा मुद्रास्फीति लगभग ७० प्रतिशत पुगेको थियो । अहिलेको श्रीलंकाको मुद्रास्फीति छ दशमलव चार प्रतिशत छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया