एनआईसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमन्टबीच सम्झौता
काठमाडौं । एनआईसी एसिया क्यापिटल र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापनाकालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ । सोही सेवाअन्तर्गत काठमाडौं महानगरपालिका, पेप्सीकोला, काठमाडौंमा रजिस्ट्रार कार्यालय रहेको संखुवासभा डेभलपमेन्ट कम्पनीलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित संखुवासभा पावर डेभलपमेन्ट प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर निष्काशन गर्न एनआईसी एसिया क्यापिटल लिमिटेड र संखुवासभा पावर डेभलपमेन्ट कम्पनीबीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अज्र्यालले हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ । संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले संखुवासभा जिल्लास्थित सभाखोलामा दुई वटा जलविद्युत् आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये नौ दशमलव ४१ मेगावाटको सुपर सभाखोला जलविद्युत् आयोजना र चार दशमलव एक मेगावटको सुपर सभाखोला साना जलविद्युत् आयोजना रहेका छन् । संखुवासभा पावर डेभलपमेन्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत सेयर अर्थात् एक सय रुपैयाँ अंकित दरका २५ करोड ५० लाख रुपैयाँ बराबरको २५ लाख ५० हजार कित्ता निकट भविष्यमा प्रचलित कानुनबमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
- कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया