काठमाडौँ । यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।
आज शेयर बजारमा भएको कारोबार रकम रु. दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । राससका अनुसार तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो
होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ६८ प्रतिशतले बढेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने ङादी पावर लिमिटेडको चार लाख ४७ हजार छ सय ६७ कित्ता किनबेच भएको छ ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
- रेमिट्यान्स भित्र्याउनेमा रेकर्ड : सुखद् कि दुःखद्
- डेङ्गु किन गम्भीर जनस्वास्थ्य खतरा बन्दैछ ?
- निर्वाचन आचारसंहिता ‘अचार’ बन्ने खतरा
- नीतिगत र संस्थागत सुधारविना पुँजीगत खर्च बढाउन कठिन
- स्वास्थ्य सेवा ऐनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया