Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएकै दिन १ सय ८९ जनामा संक्रमण, कुल संक्रमित १४ सय नाघ्यो

एकै दिन १ सय ८९ जनामा संक्रमण, कुल संक्रमित १४ सय नाघ्यो


काठमाडौं, जेठ १८
विश्व महामारी कोरोनाबाट नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । शनिबार एकैदिन थप १ सय ८९ जनामा कोभिड– १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले शनिबार गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८९ जनामा संक्रमण देखिएको बताए । ती संक्रमितमध्ये पुरुष १ सय ८५ र महिला चार जना रहेका छन् ।

यो हालसम्म एकै दिन देखिएको अहिलेसम्मकै ठूलो संख्या हो । गत शुक्रबार पनि १ सय ७० जनामा संक्रमण देखिएको थियो । शनिबार थप भएसँगै कुल संक्रमित संख्या एक हजार ४ सय १ पुगेको छ । नयाँ संक्रमितमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा १ सय २४ जनामा संक्रमण देखिएको छ । धनुषाका सात जना २० वर्षदेखि ४४ वर्षका रहेका छन् । झापाका ४५ वर्षीय एक पुरुष र कपिलवस्तुका १६ वर्षदेखि ६० वर्षका ७७ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै ललितपुरकी एक २३ वर्षीया महिला, महोत्तरीका चार २५ देखि ५५ वर्षका पुरुष, रौतहटका छ जना १८ वर्षदेखि ४५ वर्षका पुरुष रहेका छन् । त्यस्तै, सर्लाहीका १७ जना १६ वर्षदेखि ४० वर्षका पुरुष र सिरहाका ११ जना १७ वर्षदेखि ४० वर्षका पुरुष रहेका छन् । यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २९ जनामा संक्रमण देखिएको छ । कपिलवस्तु यशोधराका २९ जना १५ देखि ५० जना पुरुष रहेका छन् । यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा नौ जनामा संक्रमण देखिएको छ । सप्तरीका १८ देखि २८ वर्षका एक महिलासहित रहेका छन् ।

यस्तै दाङस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा आठ जनामा संक्रमण देखिएको छ । ती कपिलवस्तु विजयनगरका तीन जना २६ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् । दाङ हापुरेका एक जना ३० वर्षीय पुरुष रहेका छन् । बङ्गलाचुली दाङकै चार जनामा २७ देखि ३८ वर्षका तीन पुरुष र एक २८ वर्षीया महिला छन् । नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको छ । बारा हर्दियाका एक २४ वर्षीय पुरुष, पर्सा पसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा संक्रमण देखिएको छ । ती सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समूहका पुरुष रहेका छन् । यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा दुई जनामा संक्रमण देखिएको छ । संखुवासभा खाँदबारीका २३ वर्षीय पुरुष र संखुवासभाकै पाँचखपनका २२ वर्षीय पुरुष रहेका छन् । संक्रमितमध्ये एक हजार २ सय ८८ पुरुष र १ सय १३ जना महिला रहेका छन् । शनिबार संखुवासभामा देखिएसँगै संक्रमित जिल्ला ५३ पुगेका उनले जानकारी दिए ।

१३ जना डिस्चार्ज : यस्तै १३ जना संक्रमित निको भएपछि शनिबार डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म २ सय १९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म पीसीआर ६६ हजार ७२ जना र एक लाख सात हजार ५५ जनाको परीक्षण गरिएको छ । संक्रमित बढेसँगै विभिन्न ठाउँमा परीक्षणको दायरा बढाउनका लागि किट पठाइएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार शनिबार ७७ हजार चार ४ सय आरडीटी र छ हजार थान भीटीएम पठाइएको छ ।

प्रदेश नंं १ मा चार हजार २ सय, प्रदेश नंं २ मा १२ हजार २ सय, प्रदेश नंं ५ मा २५ हजार, कर्णाली प्रदेशमा १२ हजार र सुदूरपश्चिम प्रदेशमा २४ हजार आरडीटी किट पठाइएको छ । यस्तै विभिन्न प्रदेशमा भीटीएम पठाइएको छ । प्रदेश नं २ मा एक हजार थान, प्रदेश नं ५ मा दुई हजार, कर्णाली प्रदेशमा एक हजार र सुदूरपश्चिम प्रदेशमा दुई हजार थान पठाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x