चाइना मर्चेन्ट्स बैंकका पूर्वप्रमुख तियानलाई निलम्बित मृत्युदण्डको सजाय
बेइजिङ । वित्तीय क्षेत्रमा भ्रष्टाचार गरेको अभियोगमा चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियान ह्युईलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको छ । तियान राज्यसमर्थित चिनियाँ बैंको प्रमुख रहँदा घुस लिएको आरोप लागेको थियो ।
सोमबार चाइना मर्चेन्ट्स बैंकका पूर्वअध्यक्ष तियानलाई दुई वर्षको राहतसँगै मृत्युदण्डको सजाय सुनाइएको सरकारी सञ्चार माध्यम सिसिटिभीले उल्लेख गरेको छ । दुई वर्षपछि मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिणत गर्न सकिनेछ ।
तियानलाई ‘घुस स्वीकार गरेको’ अभियोगमा दोषी पाइएको छ । उनलाई दशकौँसम्म ‘राज्यको स्वामित्वमा रहेको कम्पनीका कर्मचारीहरूको शक्तिको दुरुपयोग गरेको, अज्ञात जानकारीको व्यापार गरेको, भित्री व्यापार गरेको र आन्तरिक जानकारी चुहाएको’ दोषी पाइएको छ ।
भ्रष्टाचारविरोधी अभियान अन्तर्गत सरकार प्रमुख फाइनान्सहरुमा केन्द्रित भएपछि तियान सन् २०२२ अप्रिलमा अनुसन्धानको दायरामा आएका थिए । सोही वर्ष डिसेम्बरमा चाइना डेभलपमेन्ट बैंकका पूर्वउपाध्यक्ष झोउ किङ्युलाई पनि घुस लिएको आशंकामा पक्राउ गरिएको थियो ।
जनवरीमा राज्यको स्वामित्वमा रहेको चिनियाँ बैंकिङ एभरब्राइट ग्रुपका पूर्वअध्यक्षलाई भ्रष्टाचार र घुस लिएको आशंकामा पक्राउ गरिएको थियो । यसका अतिरिक्त गत महिना चाइना डेभलपमेन्ट बैंकका पूर्वशीर्ष कार्यकारी हे जिङजियाङलाई घुस लिएको आरोपमा २० वर्षको कारगार सजाय सुनाइएको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया