पहिलो निजी टेलिकम कम्पनी यूटीएल समाप्त
काठमाडौं । नेपालको पहिलो निजी टेलिकम कम्पनी युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) अब सधैँका लागि समाप्त भएको छ । सरकारले लाइसेन्स खारेज र बाँकी बक्यौता उठाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध यूटीएल २०७६ साल वैशाख २७ गते सर्वोच्च अदालतमा रिट लिएर गएको थियो ।
यूटीएलले सरकारविरुद्ध हालेका सबै मुद्दा सर्वोच्च अदालतले मंगलबार खारेज गरिदएपछि उक्त कम्पनी अब सधैँका लागि समाप्त भएको हो । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकमान सिंह राउत र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले यूटीएलले दायर गरेको मुद्दा खारेज गरिदिएका हुन् । यूटीएलसँग सम्बन्धित एकै प्रकृतिको ५ वटा मुद्दाको मंगलबार एकैदिन सुनुवाइ भएको थियो ।
मुद्दा खारेजसँगै यूटीएलले करिब साढे पाँच अर्ब रुपैयाँ तिर्नुपर्नेछ भने यूटीएलविरुद्ध नेपाल दूरसञ्चार प्राधिकरणले हालेको मुद्दामा सर्वोच्चले प्राधिकरणको मागदाबीमा कानुनबमोजिम गर्न आदेश दिएको छ । ‘सर्वोच्चको मंगलबारको फैसलासँगै अब यूटीएलको लाइसेन्स सधैँका लागि खारेज भएको छ भने सरकारलाई तिर्नुपर्ने, लाइन्सेन्स नवीकरणको बाँकी बक्यौतासहितको सबै शुल्क तिर्नुपर्ने भएको छ । कम्पनीले इजाजत पत्र नवीकरणबापतको किस्ता, फ्रिक्वेन्सी शुल्क र रोयल्टीबापतको रकम पनि तिरेको छैन’, प्राधिकरणका एक अधिकारीले भने ।
सरकारले यूटीएललाई लिमिटेड मोबिलिटी, अनुमति दस्तुर, आवश्यक उपकरण खरिदसहित लाइसेन्स फि किस्ताबन्दीमा तिर्न, १८ करोड ९४ लाख रुपैयाँ रोयल्टी नै छुट दिनेसहितको सुविधा दिँदा पनि यूटीएलले आफ्नो अधिकारको दुरुपयोग गरेको कारण यूटीएलको लाइसेन्स खारेज गरिएको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 1
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया