Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारकतार इनर्जी र भारतको पेट्रोनेटबीच २० वर्षको ग्यास सम्झौता

कतार इनर्जी र भारतको पेट्रोनेटबीच २० वर्षको ग्यास सम्झौता


दोहा । कतार भारतको पेट्रोनेटलाई २० वर्षसम्म तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आपूर्ति गर्न सहमत भएको खाडी इमिरेट्सको सरकारी स्वामित्वको ऊर्जा फर्मले मंगलबार घोषणा गरेको छ । कतार इनर्जीले सम्झौताअन्तर्गत भारतका लागि सरकारी स्वामित्वको पेट्रोनेटलाई प्रतिवर्ष ७५ लाख टन एलएनजी आपूर्ति गर्ने कतारी कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

कतार इनर्जीका प्रमुख कार्यकारी एवं ऊर्जामन्त्री साद अल–काबीले भने, ‘यो सम्झौता कतार र भारतबीच लामो समयदेखिको ऊर्जा साझेदारीमा अर्काे कोसेढुङ्गा हो र यो भारतमा पहिलो एलएनजी सिपमेन्टको २०औँ वार्षिकोत्सवका अवसरमा आएको छ ।’

कतारइनर्जीको एलएनजी फ्लिटले भारतलाई ग्यासको पहिलो आपूर्ति सन् २०२८ मेदेखि गर्नेछ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया