बेलायतका राजा चार्ल्सलाई क्यान्सर
लन्डन । बेलायतका राजा चार्ल्सलाई क्यान्सर भएको छ । बकिङ्घम प्यालेसले सोमबार राजा चार्ल्सलाई क्यान्सर भएको जानकारी दिएको हो । दरबारले विज्ञप्ति जारी गर्दै राजा चार्ल्सलाई क्यान्सर भएकाले सबै सार्वजनिक सभाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ ।
७५ वर्षीय राजा कस्तो प्रकारको क्यान्सरबाट पीडित भएका हुन खुलाइएको छैन । प्रधानमन्त्री ऋषि सुनकले मंगलबार क्यान्सर चाँडै पत्ता लागेको र उपचार सुरु भएको बताएका छन् । आफ्नो शासनकालको १८ महिना मात्रै पूरा गर्न लागेका राजा चाल्र्सले सार्वजनिक सभामा उपस्थित नहुने भए पनि आफ्ना अन्य आधिकारिक राज्य कर्तव्य भने जारी राख्ने बताइएको छ ।
सन् २०२२ सेप्टेम्बर ८ मा आफ्नी आमा एलिजाबेथ द्वितीयाको मृत्यु भएपछि चार्ल्स राजा बनेका थिए । दरबारले राजा पूर्णरूपमा सकारात्मक भएको र जतिसक्दो चाँडो पूर्ण सार्वजनिक कर्तव्यमा फर्किन उत्सुक भएको उल्लेख गरेको छ । आफ्ना पितालाई क्यान्सर भएको थाहा भएपछि चार्ल्सबाट टाढा रहेका छोरा प्रिन्स ह्यारी मंगलबार लन्डन पुगेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया