सेन्ट्रल फाइनान्स चार करोड रुपैैयाँ खुद नोक्सानीमा
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड ७६ लाख ४६ हजार २९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले तीन लाख ९९ हजार दुई सय १५ रुपैयाँ खुद नाफा कमाएको थियो । हाल चुक्ता पुुँजी ९४ करोड ८८ लाख ७५ हजार चार सय ५९ रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा छ अर्ब ८१ करोड २२ लाख ३८ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६३ करोड ८७ लाख ८५ हजार पाँच सय ९५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १२ करोड नौ लाख २५ हजार तीन सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा नौ दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने ११ करोड ४० लाख ३८ हजार पाँच सय दुई रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ९२ करोड ६४ लाख ९० हजार छ सय ८० रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ९१ करोड २५ लाख २१ हजार एक सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १२ करोड ६४ लाख ८३ हजार ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा सात दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया