Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसपोर्ट लघुवित्तको दोस्रो त्रैमासिक नाफा ८६ लाख ४२ हजार

सपोर्ट लघुवित्तको दोस्रो त्रैमासिक नाफा ८६ लाख ४२ हजार


काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ३२ करोड ४३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड २० लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ९३ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने संस्थाले २८ करोड ५४ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३६ करोड ७० लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी तीन करोड १० लाख ६० हजार रुपैयाँ रहेको संस्थामा तीन दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया