गोर्खाज फाइनान्सको दोस्रो त्रैमासिक नाफा १२ करोड १६ लाख
काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १२ करोड १६ लाख पाँच हजार सात सय १९ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा छ करोड ७१ लाख ५७ हजार ९७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ७९ लाख ९८ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्र्षको दोस्रो त्रैमासमा आठ अर्ब २६ करोड ७५ लाख १७ हजार पाँच सय ७४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ७९ करोड १२ लाख ६९ हजार एक सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १८ करोड ३० लाख ८६ हजार पाँच सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ५१ करोड ९४ लाख ४६ हजार नौ सय ५२ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ५६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा फाइनान्सले सात अर्ब ७२ करोड ८४ लाख ४९ हजार तीन सय ९० रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ७७ लाख ६८ हजार आठ सय ५४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी १७ करोड ३५ लाख ९७ हजार नौ सय ३० रुपैयाँ रहेको फाइनान्समा छ दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा दुई करोड ४९ लाख ४० हजार नौ सय ७८ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ७७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
- आर्थिक गतिविधि घट्दो, सञ्चिति बढ्दो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया