एनसेलको आकर्षक इन्डिया रोमिङ प्याक
काठमाडौं । एनसेलले विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार करसहित एक सय रुपैयाँमा यो रोमिङ प्याक सुचारु गर्न सकिनेछ ।
तीन दिनसम्म सो रोमिङ सेवा प्रयोग गर्न सकिनेछ । यसको अर्थ प्रतिदिन मात्र ३३ रुपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ । प्याकका साथ ग्राहकले तत्काल पाँच सय एमबी डेटा पाउने र भ्वाइस र एसएमएस सेवामा समेत भारी छुट पाइने कम्पनीले जनाएको छ । यो प्याक शुक्रबार (माघ १९)बाट सञ्चालनमा आएको हो । यो प्याकले सीमावर्ती सहरहरू जस्तैः वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुरजस्ता सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुरजस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्ने कम्पनीको भनाइ छ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानुपर्ने ग्राहकहरूलाई पनि विशेष महत्व राख्छ ।
एस्ट्रिक्स१७१२९एस्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सकिनेछ । त्यसैगरी यो प्याक अन्य माध्यमजस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत पनि सुचारु गर्न सकिन्छ । यो प्याक लिनेबित्तिकै विनाकुनै झन्झट रोमिङ सेवा स्वतः सुचारु हुन्छ र तत्कालै ५०० एमबी डेटा पाइन्छ । साथै, इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन् । यसको मतलब ग्राहकले करसहित मात्र १६ रुपैयाँ ४८ पैसामा प्रतिमिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै, पेएजयुगोको प्रतिएसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र करसहित छ रुपैयाँ ३४ पैसामा एसएमएस पठाउन सक्छन् ।
एक पटक सुरु गरेपछि प्याक तीन दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाइँको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन् । यो रोमिङ प्याकले बारम्बार भारत भ्रमण गर्नुपर्ने ग्राहकहरूका लागि झन्झटरहित दूरसञ्चार सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया