नेक्साका उत्पादनहरू दराजमा
काठमाडौं । नेपालमा सबैभन्दा चाँडो वृद्धि भइरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका तीन वटा उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र दुई वटा इयरबडहरू गरी तीन वटा उत्पादनहरू सार्वजनिक गरेको हो ।
नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो, जसको दुई दशमलव शून्य एक इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एसपीओ दुई मोनिटरिङ, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोडलगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरू राखिएको छ । जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आईपी ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जानकारी दिएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र तीन हजार एक सय ९९ रुपैयाँमा उपलब्ध छ ।
त्यस्तै, नेक्सा बड्स एक्स टेन एएनसीमा ३० डीबीको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा विनाकुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मूल्य दुई हजार एक सय ९९ रुपैयाँ राखिएको छ । त्यस्तै, नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्समिसनको अनुभव लिन सकिन्छ । यसको मूल्य एक हजार आठ सय ९९ रुपैयाँ रहेको छ । यी उत्पादनहरूको लन्चले सुपथ मूल्यमा गुणस्तरीय र नवीन प्रविधियुक्त उत्पादनहरू उपलब्ध गराउने किक र यसको सब–ब्रान्ड नेक्साको प्रतिबद्धतालाई प्रष्ट पारेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा स्थापित किक लाइफस्टाइल दराजमा तीन हजारभन्दा माथि मूल्यका इयरबडहरू बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न समेत सफल भएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया