मित्रमिलन सहकारी ठगी प्रकरण: भण्डारी धरौटीमा रिहा
पोखरा । पोखरास्थित मित्रमिलन सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएर पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा छुटेका छन् । भण्डारी सोमबार राति निवासबाटै पक्राउ परेका थिए ।
थुनछेक बहसपछि कास्की जिल्लाअदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई सात लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । त्यसपछि सात लाख धरौटी बुझाएर भण्डारी रिहा भएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए ।
सहकारी घोटलामा जोडिएका सूर्य अधिकारी पनि यसअघि धरौटीमै रिहा भएका थिए । सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सदस्य गोपाल खनाल, राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।
सहकारीबाट करोड बढी घुस लिएको आरोप लागेका कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार उदय बहादुर पराजुली पूर्पक्षका लागि थुनामै छन् । यस प्रकरणमा जोडिएका ३३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा २५ जना अझै फरार छन् ।
सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताका २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुनबमोजिम सजाय र २१ करोड बिगो मागदावी गरेर मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया