जानकी फाइनान्सको खुद नाफा घट्यो
काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ लाख ८६ हजार १५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ४५ लाख ९२ हजार चार सय ६७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा तीन अर्ब ७१ करोड ८० लाख ७९ हजार चार सय २९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड ४९ लाख ८१ हजार ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड १३ लाख ११ हजार नौ सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १९ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ३६ करोड ७२ लाख २७ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८३ करोड १७ लाख २१ हजार छ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १० लाख २९ हजार ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ११ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन
- जनसभामा जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई तिरायो १ लाख जरिमाना
- देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
- विशेष अदालतको फैसलामा चित्त नबुझेको भन्दै आयोगले गर्यो सर्वोच्चमा पुनरावेदन
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया