Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाफा ऋणात्मक

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाफा ऋणात्मक


काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ७२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब ८६ करोड ४९ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २२ करोड ३५ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५५ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ६४ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ४९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ६३ करोड ९३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४३ करोड ६५ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २३ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया