बढ्यो फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी
काठमाडौं । फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी मंसिर मसान्तमा १५ अर्ब २१ करोड ६० लाख रूपैयाँ पुगेको छ । यो चुक्ता पुँजी एक वर्षअघिको तुलनामा ५१ करोड ४० लाख रूपैयाँले बढी हो । एक वर्षअघि १७ वटा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ७० करोड २० लाख रूपैयाँबराबर थियो ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी चुक्ता पुँजी मञ्जुश्री फाइनान्सको छ । गत मंसिर मसान्तसम्म मञ्जुश्रीले एक अर्ब ३५ करोड १५ लाख ५३ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । यसपछि आईएफसी फाइनान्सले एक अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेको छ । रिलायन्स, पोखरा र गुह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले क्रमशः एक अर्ब १२ करोड १४ लाख ५२ हजार रूपैयाँ, एक अर्ब आठ करोड २५ लाख ५६ हजार रूपैयाँ र एक अर्ब एक करोड २१ लाख ७६ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । यसैगरी श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी, सेन्ट्रल र गुडविल फाइनान्सले क्रमशः ९८ करोड १६ लाख ८३ हजार रूपैयाँ, ९४ करोड ८८ लाख ७५ हजार रूपैयाँ र ९४ करोड ६१ लाख १५ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् ।
गोर्खाज, बेस्ट र प्र्रोग्रेसिभ फाइनान्सले क्रमशः ८६ करोड ७९ लाख ९३ हजार रूपैयाँ, ८५ करोड ४८ लाख १६ हजार रूपैयाँ र ८४ करोड ८१ लाख छ हजार रूपैयाँ चुक्ता पुँजी कायम गरेका छन् । समृद्धि र नेपाल फाइनान्सको चुक्ता पुँजी क्रमशः ८१ करोड ८९ लाख ११ हजार रूपैयाँ र ७२ करोड ७५ लाख ४८ हजार रूपैयाँ छ । क्षेत्रीयस्तरको जानकी र मल्टीपर्पस फाइनान्सको चुक्ता पुँजी क्रमशः ६९ करोड चार लाख ७२ हजार रूपैयाँ र ४५ करोड २० लाख रूपैयाँ कायम भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
- गरिबी निवारणको एकीकृत कार्यक्रमको तयारी
- परिवर्तित नेपाली समाज र यसका असर
- के कस्ता छन् ? नेपाली पुँजीबजारका समस्याहरू
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया