Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगधुम्बाराहीमा पारिवारिक मनोरन्जन पार्क सञ्चालन

धुम्बाराहीमा पारिवारिक मनोरन्जन पार्क सञ्चालन


काठमाडौं । काठमाडौंको धुम्बाराहीमा नेपालकै पहिलो पारिवारिक मनोरन्जन पार्क ‘उप्स’ सञ्चालनमा आएको छ । करिब एक महिना अगाडिदेखि सञ्चालनमा आएको सो पार्कको हालै एक कार्यक्रमका बीच अभिनेत्री प्रियंका कार्कीले उद्घाटन गरेकी छन् ।

‘उप्स’मा बच्चादेखि सिनियरसम्मले खेलको मनोरञ्जन लिन सक्नेछन् । आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाइन, क्लाइम्बिङलगायत इन्डुअर र आउटडोर खेलहरूको मनोरञ्जन पार्कमा लिन सकिनेछ । सस्तो मूल्यमा धेरै खेलहरू एकै ठाउँ खेलेर मनोरञ्जन लिनु यो पार्कको मुख्य विशेषता हो । साथै, स–परिवार एकसाथरूपमा पार्कमा गएर समय व्यतित गर्न सकिनेछ । भारतमा स्तिथ होप उप भनिने फनपार्कको सहयोगमा यो फेमिली फनपार्क नेपालमा सञ्चालनमा आएको हो । नेपालकै पहिलो यो फेमिली फनपार्कलाई देशका अन्य स्थानमा पु¥याउने योजना सञ्चालक टिमले बनाएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 9

तपाईको प्रतिक्रिया